प्राधिकरणको पहल
कातिक ८ गतेभित्र वक्यौता बुझाउन विद्युत प्राधिकरणको ताकेता, नबुझाइए कानुन बमोजिम असुल गरिने
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन सूचना जारी गरेको छ । प्राधिकरणले बिहीबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै ४९ उद्योगको नाममा सूचना जारी गरेको हो ।
सूचनामा कात्तिक ८ गतेभित्र बक्यौता भुक्तानी गर्न अनुरोध गरेको छ । महसुल नबुझाउनेको हकमा कानुनबमोजिम असुल उपर गरिने पनि सूचनामा उल्लेख छ ।
ऊर्जा मन्त्रालयले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेको थियो । स्पष्टिकरण सोधेलगत्तै प्राधिकरणले
बक्यौता बुझाउन उद्योगलाई आग्रह गरेको हो ।
हेर्नुहोस् सूचना
प्रकाशित मिति: बिहीबार, असोज २४, २०८१ १०:२४
प्रतिक्रिया दिनुहोस्