इजरायली हमला
इजरायलद्वारा गाजामा विष्फोट, २४ प्यालेस्टेनीको मृत्यु सयौं विस्थापित
काठमाडौं । इजरायलले आइतबार मध्य गाजापट्टीमा रहेको मस्जिद र एउटा विद्यालयमा गरेको आक्रमणमा २४ प्यालेस्टाइनीको मृत्यु भएको छ ।
९३ जना घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
इजरायली सेनाले अल–अक्सा सहिद अस्पताल र इब्न रुस्द स्कुलको छेउमा रहेको अल–अक्सा सहिद मस्जिदमा बमबारी गरेको छ । मस्जिद र स्कुलका सयौं व्यक्ति विस्थापित भएका छन् ।
इजरायल डिफेन्स फोर्स आईडीएफ०ले आइतबार इजरायली वायुसेनाले इब्न रुस्द स्कुलको कम्पाउन्डभित्र रहेको कमान्ड–एन्ड–कन्ट्रोल सेन्टरभित्र सञ्चालित हमास लडाकुहरूमाथि हमला गरेको बताएको छ ।
गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने संख्या ४१ हजार ८२५ पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ ०९:५६
प्रतिक्रिया दिनुहोस्