Banner Nepal
खुर्कोटमा बन्दै गरेको बेलिबृज दसैं अघि नै सक्ने सेनाको लक्ष्य

काठमाडौं । सुनकोशी नदीको बाढीले बगाएको बेलिबृज दसैं अघि नै सक्ने गरि काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

सिन्धुली र रामेछाप जोड्ने खुर्कोटमा नेपाली सेनाले हिजोदेखि बेलिबृज जडान शुरू गरेको हो ।

सेनाले सुनकोशी नदीमाथि पुलको आधा अर्थात करिब ५१ मिटर क्षेत्रमा बेलिबृज जडान गर्नेछ । पुल जडान गर्न आवश्यक पर्नेमध्ये ९५ प्रतिशत सामग्रीको व्यवस्थापन भइसकेको  छ ।

सिन्धुलीको गोलन्जोर–७ र रामेछाप मन्थली–६ बीच रहेको बीपी तथा पुष्पलाल राजमार्ग जोड्ने पक्की पुलको आधा भाग सुनकोशीको बाढीले बगाएपछि अवरुद्ध राजमार्ग यथाशीघ्र सञ्चालन गर्न हिजोदेखि बेलिबृज जडानको काम सेनलाई दिइएको हो । 

पुल बगाएर अबरुद्ध भएको सडक दसैं अगाडि नै सक्ने सेनाको योजना छ ।

पुल बनेपछि रामेछाप, सिन्धुली, ओखलढुङ्गालगायत देशका विभिन्न मागमा पुग्ने यात्रुलाई सहज हुने छ । 

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  ०९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update