पूर्वी पहाडबाट मधेस झर्ने मेची राजमार्ग मर्मत गर्ने काम रोकियो, दशैंमा नखुल्ने सम्भावना
काठमाडौं । पूर्वी पहाडी जिल्लाबाट मधेस झर्ने मेची राजमार्गको मर्मत सम्भार फेरि रोकिएको छ ।
पहिरोले क्षतविक्षत भएको मेची राजमार्गको माईखोला–भन्ज्याङ खण्डमा पुनः पहिरो खसेपछि मर्मतसम्भारको काम रोकिएको हो।
सडकका चारैतिर धाँजा फाटेर जोखिम बढेपछि जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो ।
डिभिजन सडक कार्यालयका अनुसार लगातार पहिरो खसेपछि काम स्थगन गरिएको हो ।
यो सडक अवरुद्ध भएसँगै झापा, इलाम, पाँचथर र ताप्लेजुङको यात्राका निम्ति सर्वसाधारण स्वयंले वैकल्पिक व्यवस्था गर्नुपर्ने बाध्यता छ । उक्त सडकको विकल्पमा गोदक–जोगमाई खोला–तिल्केकीको सडकलाई विकास गरिने जनाइएको छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ ०८:५०
प्रतिक्रिया दिनुहोस्