बाढीको प्रभाव
बन्द रहेको बीपी राजमार्गको वैकल्पिक मार्ग पनि खुलाउन सकिएन
काठमाडौं । बिपी राजमार्गका वैकल्पिक राजमार्ग पनि खुल्ला हुन सकेको छैन ।
मंगलटारबाट रोशी खोला पार गरी तेमाल गापा वडा नं ७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग सुचारु गर्न निरन्तर प्रयास भइरहेको र उक्त वैकल्पिक रुट खुल्न साथ तत्काल जानकारी गराइने ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना जारी गर्दै जानकारी गराएको छ ।
मंगलटारबाट सिन्धुलीको सिमानासम्मको करिब ७ किमी बाटो सञ्चालन गर्न प्रयासरत रहेको भएता पनि केही दिन लाग्न सक्ने देखिन्छ ।
हाल काभ्रे स्थित बिपी राजमार्ग पूर्ण रूपमा बन्द रहेको छ ।
प्रकाशित मिति: आइतबार, असोज २०, २०८१ ०८:२८
प्रतिक्रिया दिनुहोस्