Banner Nepal
अभ्यास खेलमा नेपालले क्यानडालाई हरायो

काठमाडौं । नेपालले दोस्रो अभ्यास खेलमा क्यानडालाई पराजित गरेको छ ।

क्यानडाको दोस्रो रोजाइको हाइप्रोफमेन्स (एचपी) लाई २० रनले हराएको हो। योसँगै तीन खेलको श्रृंखलामा नेपालले १ - १ को बराबरी गरेको छ।

यसअघि पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो।


नेपालका लागि गुल्सन झा र ललित राजवंशीले २/२ विकेट लिंदा दीपेन्द्रसिंह ऐरी, रिजन ढकाल र कुशल मल्लले १ /१ विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४६.१ ओभरमा १ सय ७६ रन बनाएको थियो।

नेपालको कप्तानी गरेका सोमपाल कामीले ३३ बलमा २ चौकासहित सर्वाधिक ३१ रन बनाए। उनी बाहेक अर्जुन साउद ७, अनिल कुमार साह २५, देव खनाल १५, भीम सार्की १६, आरिफ शेख १८, दीपेन्द्रसिंह ऐरी २७, कुशल भुर्तेल डक, गुल्सन झा ६ रनमा आउट भए।

एचपीका निशान्त भर्गव, सुखिन्दर सिंह, शाहिद आमाद्जाई, इफरान सादतले २/२ विकेट लिए।

तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ।

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update