Banner Nepal
आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्रि खुल्ला, प्रति किलो ६ सय ६० र १ हजार २ सय ३० रुपैया मूल्य निर्धारण


काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुुला गरेको छ। 

कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुुला गरेको हो ।

यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुुट दिएर एक हजार २२० रुपियाँ बिक्रि खुल्ला गरिएको कम्पनीले जनाएको छ।

शनिबारसम्म २ सय ८ खसीबोका र तीन सय च्याङ्ग्रा कम्पनीमा भित्रिसकेको छ । हेटौँडाबाट पहिलो लटमा
२०८ खसीबोका आइपुुगेको र बाँकी बाटोमा आउने तयारीमा रहेको कम्पनीले जनाएको छ ।

च्याङ्ग्रा भने मुस्ताङबाट ल्याइएको छ। चाडपर्वमा उपभोक्तालाई सुपथ मूल्यमा बिक्री गर्न प्रत्येक वर्ष कम्पनीले खसीबोका र च्याङ्ग्रा खरिद गरेर बिक्री गर्ने गर्छ।

यसपालि दसैँमा कम्पनीले एक हजार एक सय खसीबोका र तीन सय च्याङ्ग्रा ल्याउने योजना बनाएको छ।

निजी व्यवसायीले भने घटस्थापनाको दिनदेखि खसीबोका ल्याएर बिक्री सुरु गरिसकेका छन् । 

प्रकाशित मिति: आइतबार, असोज २०, २०८१  ०७:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update