काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा साविक विजेता अस्ट्रेलियाले विजयी सुरुवात गरेको छ।
शनिबार भएको आफ्नो पहिलो खेलमा अष्ट्रेलियाले श्रीलङ्कालाई ६ विकेटले पराजित गरेको हो। ९४ रनको लक्ष्य अस्ट्रेलियाले १४ ओभर २ बलमा ४ विकेट गुमाएर पूरा गर्यो।
जीतसँगै अस्ट्रेलिया समूह ‘ए’को दोस्रो स्थानमा छ। लगातार दुई हारसहित श्रीलङ्का अङ्कविहीन रहेको छ। श्रीलङ्का पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो।
यस्तै हिजो नै भएको दोस्रो खेलमा इङ्गल्याण्डले बङ्गलादेशलाई २१ रनले पराजित गरेको छ। इङ्गल्याण्डले आफ्नो पहिलो खेलमा विजयी सुरुवात गरेको हो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो।
जीतसँगै खेल सुरुवात गरेको इङ्ग्ल्यान्ड समूह ‘बी’ को शीर्ष स्थानमा छ।
प्रतियोगिता अन्तरगत आज भारत र पाकिस्तान तथा स्कटल्याण्ड र वेष्टइन्डिज भिड्नेछन्।