काठमाडौं । हेटौंडाबाट ८ किलो भन्दा बढी तौलको सुनसहित दुई जना भारतीय पक्राउ परेका छन् । उनीहरुलाई विशेष सूचनाका आधारमा विहान हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेकपोष्टस्थित पूर्वपश्चिम सडकखण्डबाट पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२ ०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उरीक्षक विश्वराज खडका समेतको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरूलाई सुनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रस्थित सांगली जिल्लाका २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले शरीका विभिन्न भागमा लुकाएर सुन ल्याएका थिए । बरामद सुनको बजार भाउ ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उरीक्षक खड्काले बताए ।
बरामद सुन र पक्राउ परेका दुई जनालाई थप कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ ।