काठमाडौं । भुटान भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले भुटानी राजपरिवारसँग भेटवार्ता गरेका छन्। पूर्व राजा शाहलाई त्यहाँको राजपरिवारले राजधानी थिम्पुमा स्वागत गरेको थियो ।
भुटानी राजपरिवार र शाह परिवारको भेटलाई त्यहाँको मिडियाले समेत महत्वपूर्ण स्थान दिएका छन् ।
भुटानी राजा जिग्मे खेसर नाम्ग्येल वाङचुक, रानी जेत्सुन पेमा वाङचुकलगायत भुटानी राजपरिवारका सदस्यसँग पूर्वराजा ज्ञानेन्द्र शाहको परिवारले भेटवार्ता गरेको हो ।
भुटान भ्रमणमा रहेका नेपालका पूर्वराजा शाहले त्यहाँका पूर्वराजा जिग्मे सिङ्गे वाङचुकसँग पनि भेटेका छन्।
उनले भुटान नरेश जिग्मे केशर नामग्यालका बुवा अर्थात यसअघिका भुटान नरेश जिग्मे सिङ्गे वाङचुकसँग भेट गरेका हुन्।
नेपालका पूर्वराजा शाह र भुटानका पूर्वराजा वाङ्चुक भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ कलेजका सहपाठी पनि हुन्। भेटमा दुवैले विद्यालय जीवन सम्झिएका थिए ।
भुटान भ्रमणमा छोरी प्रेरणा र भतिजी सिताश्मा लिएर बिहीबार पुगेका पूर्वराजा शाहलाई विमानस्थलका त्यहाँकी राजकुमारीले स्वागत गरेकी थिइन्।