रियल म्याड्रिड र बायर्न म्यूनिख पराजित
काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिड फ्रेन्च क्लब लिलेसँग पराजित भएको छ ।
गएराति सम्पन्न खेलमा लिलेले रियल म्याड्रिडलाई १–० गोल अन्तरले पराजित गरेको हो। लिलेको जितमा जोनाथन डेभिडले खेलको पहिलो हाफको इन्जुरी समयमा पेनाल्टी मार्फत् गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो।
लिलेले यस सिजनमा दोस्रो खेलमा पहिलो जित हासिल गरेको छ। लिलेले २ खेलमा ३ हासिल गरेको छ। त्यस्तै रियल म्याड्रिडको २ खेलमा ३ अंक रहेको छ।
यस्तै गएराति नै भएको अर्को खेलमा एस्टन भिल्लाले बायर्न म्युनिखलाई १–० गोलले नै पराजित गर्यो। एस्टनको जितमा जे डुरानले खेलको ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो। जितपछि दुई खेलमा अपराजित भिल्लाको ६ अंक भएको छ। र तालिकाको छैठौं स्थानमा छ।
प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१ ०८:५१
प्रतिक्रिया दिनुहोस्