धादिङको झ्याप्लेमा अवरुद्ध पृथ्वी राजमार्ग खुल्यो, दुवै तर्फ यातायात चल्न थाले
काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा पहिरो खसेर अवरुद्ध भएको सडक खुलाएसँगै अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौं भित्रिएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुसहित सवारीसाधन काठमाडौं भित्रिएको बताए ।
राजमार्ग खुलेसँगै काठमाडौंबाट बाहिरिने सवारी साधन पनि पठाउने तयारी भएको छ ।
आजदेखि काठमाडौं उपत्यकाबाट पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने गरि तयारी भएको उनले बताए ।
उनले भने, मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर सडक खुलाउन पहल गरिरहेको छ ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १८:११
प्रतिक्रिया दिनुहोस्