मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्ध ५ वर्ष जेल र एक लाख रुपैँया जरिवाना माग
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दर्ता भएको छ।
साइबर ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो।
सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको आरोपमा मुद्दा दर्ता भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए।
उनलाई विद्युतीय अपराधमा असोज ६ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरिएको थियो। उनीमाथि ५ वर्ष कैद र एक लाख रुपैँया जरिवानाको माग गरिएको छ।
प्रकाशित मिति: सोमबार, असोज १४, २०८१ १८:००
प्रतिक्रिया दिनुहोस्