लेदोसहितको बाढी सडकमा पसेपछि बीपी राजमार्ग अवरुद्ध
बीपी राजमार्ग
काठमाडौं । सोमबार रातीदेखि परेको अविरल वर्षाका कारण बीपी राजमार्ग अवरुद्ध भएको छ ।
मंगलबार बिहान सवा– ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध बनाएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका– ११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ ।
प्रहरीको टोलीले राजमार्ग खुलाउने प्रयास सुरु गरेको छ ।
स्थानीय तह र सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १२:३३
प्रतिक्रिया दिनुहोस्