बाढी पहिरोले राजधानी काठमाडौं उपत्यकामा २१ जनाको मृत्यु, जनजीवन अस्तव्यस्त
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका अहिलेसम्म २१ जनाको मृत्यु भएको छ ।
बाढीमा परेर काठमाडौं ९, ललितपुरमा ९ र भक्तपुरमा ३ जनाको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका एसएसपी विनोद घिमिरेले जानकारी दिए ।
साथै, काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा १ जना घाइते छन् भने ६ जना बेपत्ता छन् ।
बाढीले काठमाडौंमा २२६ घर डुबाएको छ । ललितपुरबाट २ जनालाई हेलिकप्टर र २ सय ८१ जनालाई सुरक्षाकर्मीहरूले उद्धार गरेका छन् ।
उद्धारका लागि नेपाल प्रहरीबाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को नेतृत्वमा ३ हजार ६० जनाको उद्दार टोली खटिएको छ ।
प्रकाशित मिति: शनिबार, असोज १२, २०८१ १४:२६
प्रतिक्रिया दिनुहोस्