Banner Nepal
सर्वोच्चमा दुई न्यायाधीश सिफारिश, बारको विरोधले काम गरेन

काठमाडौं । बारको विरोधका बाबजुद सर्वोच्च अदालतमा दुई जना न्यायाधीश सिफारिस भएका छन्। शुक्रबार बसेको न्याय परिषद्को बैठकले मुख्य न्यायाधीशहरु नृपध्वज निरौला र नित्यानन्द पाण्डेलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।

निरौला पाटन र पाण्डे तुलसीपुर उच्च अदालतका मुख्य न्यायाधीश हुन्। सर्वोच्चमा अझै दुई जना न्यायाधीश पद रिक्त छ।

असोज २० गतेदेखि अवकाशमा जान लागेका प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्त गरेका हुन्।

बारले अवकासमा जान लागेका प्रधानन्यायाधीशले न्यायाधीश नियुक्त नगर्न दबाब दिए पनि त्यसलाई बेवास्ता गर्दै सिफारिस गरेका हुन्।

संशोधित न्याय परिषद नियमावली सच्याएर मात्रै न्यायाधीश नियुक्त गर्न बारले माग गर्दै आएको छ। परिषदको बैठक बसिरहदा बारले बाहिर छाता ओढेर विरोध र धर्ना गरेका थिए । वकिलहरु वर्षाको पर्वाह नगरी धर्नामा बसेका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update