जाजरकोटमा वडा सदस्य र उनका श्रीमान पहिरोमा पुरिए, छोरीको भने उद्दार
काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पहिरोमा पुरिएका छन् ।
शनिवार राति २ बजे बारेकोट–६ धुमामा खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको वडाध्यक्ष डम्बरबहादुर महताराले जानकारी दिए ।
पुरिएका चलाउने दम्पतीको खोजी तथा उद्धारमा स्थानीय प्रहरी जुटेको भए पनि सफलता प्राप्त नभएको उनले बताए ।
प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१ ०९:०३
प्रतिक्रिया दिनुहोस्