काठमाडौं । पुजन काफ्लेको स्वर, शब्द र संगीत रहेको तीज गीत हे आमा भन्न मिलेन मनमा पीर परेसी रुन भएन सार्वजनिक भएको छ ।
सञ्जिव बराइलीको एरेन्ज रहेको गीतमा प्रकाश शाहीको छायाडंकन र निराजन केसीले सम्पादन गरेका छन् ।
अगस्टे स्टूडियोले बजारमा ल्याएको गीतमा प्रवीन थापाको कोरियोग्राफर रहेको छ भने स्मारिका ढकाल, संस्कृति भूजेल र एलिना काफ्लेले अभिनय गरेका छन् ।
गीतमा राखिएका शब्दले आमा, दिदी बहिनीबीचको सम्बन्धलाई उजागर गरेको छ ।
आमासित भेट भएपछि भएका पीर पनि हल्का हुने ठानिएको छ । तीजमा गरिने रमाइलोलाई ढकालसहितका कलाकारले जीवन्त तृल्याएका छन् ।
गीतमा समेटिएका शब्दले भन्न खोजेको कुरालाई कलाकारले भरपुर निभाएका छन भने कोरियोग्राफरले गरेको मेहनतलाई कम आँकन मिल्दैन् ।
विशेषगरी तीज गीत विभिन्न विद्युतिय सञ्चार माध्ययमबाट प्रसारण हुँदा तथा युट्युव, फेसबुक लगायतका सामाजिक सञ्जालमा पोष्ट भई दर्शकले हेर्न थालेका कारण तीजको रौनकता अझ थपिएको छ ।
कलाकारले सामाजिक सञ्जाल मार्फत आफ्नो तीज गीतको बारेमा जानकारी दिइरहेका छन् ।
कोहीले रेर्कड गरेको, केहिले भिडियो छायांकन गरेको, केहिले तयारी भइरहेको, केहिले गीत सार्वजनिक भइसकेको भन्दै अपडेट गराउदा सामाजिक सञ्जाल पनि तीज गीतमय बनिरहेको छ ।
वास्तविक तीज गीत झल्को दिने गीत पछिल्लो समयमा कलाकारले पस्कन नसक्दा दर्शक श्रोता भने निरास छन् ।
अधिकांश कलाकारको आफ्नै युट्युब च्यानल भएको कारण समेत गीत कस्तो छ भन्दा पनि भिवर कसरी बढाउने भन्ने चिन्ता कलाकारलाई हुने गरेको छ ।
वर्षभरी घटेका घटना र आम पीडालाई महिलाले गीत मार्फत प्रस्तुत गर्ने माध्यमको रुपमा तीज गीतको जन्म भएपनि पछिल्लो क्रममा तीज गीतले मुलममलाई विर्सदै गएका छन् ।
परिवर्तनको नाममा गीत अलि बढी नै आधुनकिता भित्रिनु र मौलिकता हराउदै जानु राम्रो हैन् । गीतको मोडलिगंका नाममा जस्तो पनि पोशाक लगाएर उफ्रिनुले पक्कै पनि विकृति हो ।
कुनै गीतले वास्तविक चेलिको मर्म बोकेका छन् । रत्यौली गीतलाई तीज गीत भन्ने दोहोरी भाकालाई तीज गीत भन्ने हाम्रो मौलीकपन र संस्कृति माथि प्रहार भएको छ ।
विगतका वर्षमा भन्दा यो वर्ष झन् बढी विकृतिका गीत निस्केका छन् । गीत संगीतको क्षेत्रमा देखिएको विकृति विसंगति अन्त्य गर्न राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले खासै चासो देखाएको छैन् ।
तीज गीतमा भित्रिएका विकृतिलाई न्यूनीकरण गर्ने निकायहरु भने मौन देखिन्छन्।
गीतमार्फत यसरी देशको संस्कार बोकेको राष्ट्रियता माथिको प्रहार राज्यले नै नियन्त्रण गर्नु पर्नेमा राज्य पनि बेखबर झौ छ ।
महिलाको तीजको मौलिक बजार अश्लिल फ्लेबरका गीतका कारण खस्किएको छ । वर्षौँ पुराना गीतहरूमा समेत तीजको मौलिकता पाइन्छ । यी गीत बज्न थालेपछि मात्र तीज आएको भान हुने गरेको थियो ।
तीज गीतमा चेली माइती जान नपाउँदाका पीडा, सासु–ससुराले गर्ने अभद्र व्यवहार, राम्रो व्यवहार, दिदी–बहिनीको मित्रता तथा पीडा, श्रीमानको माया र पीडालगायत विषयवस्तुलाई समेटिएका हुने गरेका थिए ।
तर, अहिले तीजसँग सरोकार नभएका बिहेको अघि दिन्न र तीन महिने सुइले जस्ता अराजक गीतले हाम्रो समाज र संस्कृति कता जाला भन्ने चिन्ता बढेको छ ।
तीजमा जति नै नयाँ गीतहरू सार्वजनिक भएपनि पुराना कलाकारका ती कालजयी गीतहरू अहिले पनि उत्तिकै लोकप्रिय र सान्दर्भिक छन् ।
मुलतः तीजका कालजयी भाकामा लय मिलाएर प्रस्तुत गर्ने पुराना कलाकार लोकगीत–संगीतबाट विस्थापित भइदिँदा र नयाँ पुस्ताका कलाकारले मौलिकता बिर्सिँदा विकृति बढेको छ ।
मुलतः तीज गायिकाको परिचय बनाएका हरिदेवी कोइराला, बीमाकुमारी दूरा, लक्ष्मी न्यौपाने, शर्मिला गुरुङ, शकुन्तला थापा, शीला आले, विष्णु माझीलगायत गायिकाले अहिले पनि तीज गीतमा मौलिकता पस्किने गरेका छन् ।