डेंगु सङ्क्रमण
डेंगु सङ्क्रमणले एक जनाको मृत्यु, सबै भन्दा धेरै संक्रमित काठमाडौंमा
काठमाडौं । डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष २ हजार बढीमा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो ।
७७ जिल्लामध्ये चार जिल्लामा मात्र डेंगु सङ्क्रमण भेटिएको छैन ।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेंगुको सङ्क्रमण फैलिएको महाशाखाले जनाएको छ ।
सबै भन्दा बढी सङ्क्रमित काठमाडौंमा भेटिएका छन् । काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।
मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१ १०:०८
प्रतिक्रिया दिनुहोस्