Banner Nepal
सुनको भाउले रेकर्ड बनायो,  तोलाकै १ लाख ५३ हजार

काठमाडौं । सुनको भाउले फेरि रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रति तोला १३ सयले बढेको छ । बिहीबार प्रतितोला १ लाख ५२ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ लाख ५३ हजार ३ सय तोकिएको छ ।

प्रतितोला ३० रूपैयाा बढेको चाँदी भने १ हजार ७९५ मा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update