Banner Nepal

काठमाडौं । नेपाली महिलाको महान पर्व आज हरितालिका तीज पर्व मुलुकभर मनाइँदैछ । भदौ शुक्ल तृतीयाका दिनमा मनाइने यो पर्वमा देवाधिदेव महादेवको पूजा आराधना गरिन्छ ।

भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।

हरितालिका तीज पर्वको अवसरमा पशुपतिनाथलगायतका देशभरका शिव मन्दिरहरूमा बिहानैदेखि भिड लागेको छ । झरीको समेत पर्वाह नगरी महिलाहरु छाता ओढ्दै लाइनमा बसेका छन्।

पशुपतिसहित मुलुकभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ ।

हेर्नुहोस् तस्वीरमा

teef4-1725600225.jpg

teej2-1725600316.jpg

teej3-1725600314.jpg

teej1-1725600302.jpg

teef4-1725600225.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update