एमाले पोलिटब्यूरो बैठक बस्दै, कांग्रेससँगको सहकार्य बारे ब्रिफिङ
काठमाडौं । नेकपा एमालेको पोलिटब्युरो बैठक आज पनि बस्दै छ । हिजोबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्नेछ ।
हिजोको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले समाज भड्काउन खोजेको आरोप लगाएका थिए । सत्ताविमुख भएपछि प्रचण्डले त्यस्तो दुष्प्रयास गरिरहेको बताएका थिए ।
“केही मान्छेहरू भड्काउने, विद्रोह गराउने दुष्प्रयासमा छन् । थोरै भोट ल्याए पनि सत्तामा कहिले पनि छुटेनन्,” ओलीको भनाइ उद्धृत गर्दै एक नेताले भने, “सत्तामा रहँदा आफू बिगार्ने अनि बाहिरिनबित्तिकै विद्रोह गराउने मान्छे, उचाल्ने खेतीपाती गरिरहेका छन् । त्यो सफल हुँदैन ।”
बैठकमा ओलीले कांग्रेससँग समीकरण गर्नुपर्नाको कारणबारे ब्रिफिङ गरेका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१ ०८:१४
प्रतिक्रिया दिनुहोस्