Banner Nepal
एमाले सुदूरपश्चिम सम्पर्क कमिटीद्वारा कमलादीमा गौरा पर्वका अवसरमा विविध सास्कृतिक कार्यक्रम 

काठमाडौं । नेकपा एमाले सुदूर पश्चिम सम्पर्क कमिटि काठमाण्डौले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा गौरा पर्व विशेष सास्कृतिक कार्यक्रम गरेको छ ।

संगठनलाई रचनात्कक र सिर्जनशील तवरले अगाडि बढाउनका लागि नेकपा सुप सम्पर्क कमिटिले कार्यक्रमलाई बिशेष र भब्यरुपमा सम्पन्न गरेको हो ।

संस्कृतिको जगेर्नाका लागि नेकपा एमाले भन्ने मूल नाराका साथ संचालन भएको कार्यक्रमको प्रमुख अतिथिमा  एमाले महासचिव शंकर पोखरेल रहेका थिए ।

त्यस्तै कार्यक्रममा उद्योग बाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारी, लेखराज भट्ट,कर्ण बहादुर थापा, नारदमुनी राना, गणेश ढुंगाना, निरुदेवी पाल, जगत बोहोरा, नरेन्द्र श्रेष्ठ, लालबाबु पण्डित, मोहन बानिया, प्रयाग खड्का, श्यामकुमार बस्नेत, कमला केशी, आरसी लामिछानेलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा प्रेम भट्ट, पुर्व प्रदेश सभामुख अर्जुन थापा, राज बहादुर गिरी, द्धारिका भट्टराई, मानवहादुर साउद, सुर्यबहादुर थापा, गोविन्द गिरी, रमेश कुँवर, अइन महर लगायत केन्द्रीय तथा प्रादेशिक नेताहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा  महासचिव  पोखरेलले नेपालको पहिचान भनेको कला संस्कृति र मोलिकता रहेको बताउँदै मौलिकता माथि  बैदेशिक हमला हुनसक्ने हुँदा युवा नेतृत्व विशेष सचेत र चनाखो हुनुपर्ने बताए । संस्कृती र मौलिकता जोगाउन खवरदारी समेत गर्नु पर्नेमा पोखरेलले विशेष जोड दिए ।  

अथितिलाई स्वागत गर्दै सुदुर पश्चिम सम्पर्क कमिटी का अध्यक्ष सुरत खत्रीले कमिटीलाई रचनात्मक तवरबाट अगाडि बढाउन संगठनात्मक गतिविधिका साथै कला र संस्कृतिमा समेत योगदान दिदै पार्टी अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा  राष्ट्रिय कलाकार जीवन शर्माले विशेष जनवादी गीत प्रस्तुत गरेका थिए भने सुदुर पश्चिमका अन्य कलाकारले पनि प्रस्तुती दिएका थिए ।

कार्यक्रममा गौरा पर्वमा नाचिने विभिन्न देउडा नृत्य प्रस्तुत गरिएको   कमिटीका आर्थिक बिभाग प्रमुख  दिपेन्द्र खत्रीले बताए । 
 

प्रकाशित मिति: सोमबार, भदौ १७, २०८१  ०९:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update