Banner Nepal
प्रधानमन्त्री ओलीलाई मेयर बालेनको प्रश्न एमालेको सांसदलाई  कानुन नलाग्ने हो ? 

काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र साहले प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले सांसद रेखा शर्माले ८ वर्षदेखि नाबालिगलाई बन्दी बनाएको विषयमा प्रश्न गरेका छन्। 

प्रदेश सांसद रहेकी शर्माले दैनिक रुपमा ती बालिकालाई कुटपिट समेत गर्दै आएको बताउँदै मेयर बालेनले २ महिनादेखि महानगरले आग्रह गर्दा पनि सरकारले कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन्। 

‘उहाँ हुनुहुन्छ नेकपा एमालेकी प्रदेश सांसद रेखा शर्मा, उहाँले विगत ८ वर्षदेखि बन्दी बनाएर एक जना नाबालिकालाई घरेलु कामदारको नाममा हिंसा गर्दै आउनुभएको छ,’ मेयर बालेनले भनेका छन्, ‘दैनिक रुपमा कुटपिट गर्दै आउनुभएको छ। काठमाडौँ महानगरले विगत २ महिनादेखि कारबाही अगाडि बढाउनु भन्दा पनि यो सरकारले समाएको छैन।’


मेयर बालेनले अदालतले पनि मुद्दा चलाउन भनेको व्यहोरा समेत सार्वजनिक गरेका छन्। 

उनले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै अघि भनेका छन्, ‘सुशासन भनेको अदालतले नि समाउ भनेको तपाईंको सांसद रेखा शर्मा जसलाई बाल शोषण गरेको मुद्दा छ, समाउनलाई भन्दछ।

सायद तपाईंको लागि सुशासनको अर्थ सो बालिकाको मृत्युपछि गोहीको आँशु चुहाएर फेसबुकमा समवेदना दिँदै एक लाख घोषणा गर्नु नै होला।’ 

Balen_m7SAtoJ6jB-1725200162.jpeg
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  २०:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update