कांग्रेसले सय दिने अभियान चलाउने
काठमाडौं । नेपाली कांग्रेसले देशभर सय दिने अभियान चलाउने भएको छ ।
महामन्त्री गगन थापाले आगामी असोज १ देखि पुस १० गतेसम्म सदस्यता विवाद समाधान, संगठन विस्तारलगायत विषयमा काम गर्न सय दिने अभियान गर्न लागेको जानकारी केन्द्रीय समितिको बैठकलाई गराएका हुन् ।
‘असोज १ देखि पुस १० गतेसम्मको अभियान समुदायमा कांग्रेसजस्तो हुने छैन । केन्द्रीय सदस्यहरू जिल्लामा खटिएर सदस्यता र जिल्लाको विवाद मिलाउने काम गर्नुपर्नेछ । केन्द्रमा बसेर होइन, उतै गएर काम गर्नुपर्छ,’ थापाले भने ।
प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१ १९:४२
प्रतिक्रिया दिनुहोस्